समाज

सोभे खानेपानी योजना उद्घाटन

दिप्लुङको सोभेमा खानेपानी योजना उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शंकर राई । तस्बिर : नागरिक

खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित सोभेमा खानेपानी योजना सञ्चालनमा आएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको १० लाख बजेटमा छङछङ्गे मुहान भएको सोभे खानेपानी योजना सोमबार जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले उद्घाटन गरेका हुन् । आयोजनाबाट १३ वटा धारामार्फत २८ घर परिवारलाई पानी वितरण गरिएको स्थानीय उपभोक्ता जगत किरातीले बताए ।  

स्थानीयले लकडाउनकै बेला खानेपानी योजनाको काम पुरा गरेका हुन् । खानेपानी योजना सञ्चालनमा आएपछि खोला वा कुवामा पुगेर पानी ल्याउनुपर्ने वाध्यता अन्त्या भएको छ । सोभेका स्थानीय भानुमती खोलाबाट पानी ल्याउने गरेका थिए । खानेपानी योजना उद्घाटनका क्रममा गाउँपालिकाकी उपाध्यक्ष बिमला राई लगायतको उपस्थिति रहेको थियो ।  

सोभे खानेपानी योजनाका लागि आर्थिक वर्ष २०७६/०७७ मा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट बजेट विनियोजन गरेका थिए ।

प्रकाशित: १ असार २०७७ १५:२२ सोमबार

सोभे खानेपानी योजना उ उद्घाटन