समाज

भारतबाट आएका ४८ जनाको स्वाब पिसिआर परीक्षणमा पठाइए

भारतबाट आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका ३९ जना सहित ४८ जनाको स्वाब पिसिआर परिक्षणका लागि पठाइएको छ। रोजगारकाक्रममा भारतका विभिन्न स्थानमा पुगेको अवस्थामा लकडाउनकाबेला गाउँ आएर क्वारेन्टिनमा बसिरहेका ३९ जना स्थानीय, कोरोना संक्रमणको रोकथामकाक्रममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब संकलन गरेर पिसिआर परिक्षणमा पठाइएको हो। 

संकलन गरिएको स्वाब सोमबार बिराटनगर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए। नगरपालिकाबाट पिसिआर परिक्षणका लागि स्वाब पठाएको यो तेश्रो पल्ट हो।  

हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म चार जना संक्रमित फेला परिसकेको छ। त्यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने तीन जना उपचारमा छन्। नगरपालिकामा हालसम्म एक सय १४ जनाको पिसिआर परिक्षण भइसकेको छ।

प्रकाशित: १ असार २०७७ १०:१८ सोमबार

पिसिआर परीक्षण