समाज

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई पनि स्वीकृति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने छन्।  

संकलन गरिएका नमूना मात्रै निजीले परीक्षण गर्ने र यसको खर्च सरकारले व्यवस्था गर्ने उनले बताए।  

कुनै पनि व्यक्तिले बाहिर यात्रा गरेर आउँदा संक्रमणको जोखिम रहेपनि कोरोना परीक्षण नै गरि हाल्नुपर्ने व्यवस्था नभएको डा. गौतमले बताए। जोकोहीलाई परीक्षण गर्दा स्रोत साधनको दुरुपयोग हुने सक्ने बताउँदै  सर्वसाधाराणलाई अत्यावश्क नपरेसम्म यात्रा नगर्न आग्रह गरे।  

 

 

 

 

प्रकाशित: ३२ जेष्ठ २०७७ ११:५८ आइतबार

कोरोनाभाइरस परीक्षण