समाज

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ। गुल्मी धुरकोट ४ का ३६ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

भारतबाट आएका उनलाई जेठ १२ गते कोरोना पुष्टि भएको थियो। उनको जेठ ३१ गते आसोलेसनमा मृत्यु भएको हो। उनी क्यान्सरबाट समेत पीडित थिए। यो सँगै जम्मा मृतकको संख्या १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण भएको छ। यो सँगै जम्मा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ। रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएपछि संक्रमण ७३ जिल्लामा पुगेको छ।  

पछिल्लो पटक ६१ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९ सय ७४ पुगेको छ।

 

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:५६ आइतबार

कोभिड १९