समाज

कपिलवस्तुमा पनि युवाहरुले गरे प्रदर्शन

कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको रकम पारदर्शी गर्नु, परीक्षणको दायरा बढाउनु पर्ने पर्नेलगायत मागहरू राखेर कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्र्तगत जितपुरमा शान्तिपुर्णरुपमा बिरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा समूहको अगुवाईमा भएको प्रदर्शनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए ।  

प्रर्दशन महिलासहित स्थानीयबासीको समेत सहभागिता थियो । राजधानीबाट सुरु भएको सरकार विरोधी प्रदर्शन देशव्यापी हुने क्रममा कपिलवस्तुमा पनि भएको हो । शुक्रबार युवाहरुले तौलिहवाको प्रशासन चोक अघि बिरोध प्रर्दशन गरेका थिए । आयोजक विना नै सामाजिक सञ्जालमा आह्वान गरेर युवाहरू प्रदर्शनमा सहभागी भएका हुन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ १४:०८ शनिबार

प्रदर्शन कोरोना नियन्त्रण युवा