समाज

कपिलवस्तुमा थप २९ जना कोरोना संक्रमित

कपिलवस्तुमा थप २९ जनामा कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६ सय ३४ पुगेको हो । स्वास्थ्य कार्यलय अनुसार जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, शुद्धोधन गाउँपालिकाका २ तथा विजयनगर गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १ सय ७९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।  

त्यस्तै महाराजगञ्जमा १ सय २२ जना,  कृष्णनगर नगरापलिकाकामा ७१ जना, शिवराज नगरपालिकामा ५७ जना, मायादेवी गाउँपालिकामा ६७ जना, शुद्धोधन गाउँपालिकामा ३३ जना संक्रमित पुष्टि भएको छ । वाणगंगा नगरपालिकामा २३ जना , कपिलवस्तु नगरपालिकामा ३६ जना, बुद्धभूमि नगरपालिकामा २९ जना,  र विजयनगर गाउँपालिकामा  २७ जना संक्रमित पुष्टि भएको छ । संक्रमित मध्ये २ सय १६ जना घर फर्कका छन् । 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App