समाज

उदयपुरका ट्रक चालकको सोलुखुम्बु मृत्यु

उदयपुरका ट्रक चालकको सोलुखुम्बुमा भएको दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका ४ सिम्लेका ३५ वर्षीय कुमार परियारको शुक्रबार साँझ सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका ८ मा दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।  

ना २ ख ८८४३ नं. को ट्रकमा बिभिन्न उपभोग्य सामग्री लिएर सोलु गएका उनी दुधकुण्ड ८ को शिकारीडाँडास्थित सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको सोलु प्रहरीलाई उद्धृत गर्दै उदयपुर प्रहरीले जनाएको छ । सडकदेखि अन्दाजी ३ सय मिटर तल ट्रकसँगै खसेका परियारको घट्नास्थलमै मृत्यु भएको हो ।  

स्थानीय प्रहरीले मृतकको शव घट्नास्थलबाट निकालेर पोष्टमार्टमका लागि अस्पतालमा बुझाएको छ । पोष्टमार्टमपछि शव आफन्तलाई बुझाउने तयारी भईरहेको प्रहरी भनाई छ ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App