समाज

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटनामा पर्दा एक बालिकाको मृत्यु भएको छ । गाईघाटबाट जस्ता पाता तथा डिजल र साबुन बोकेको स १ त ५१०७ नं. को ट्याक्टर बिहीबार साँझ उदयपुरगढी गाउँपालिका-७ को बागखोरमा दुर्घटनामा पर्दा उदयपुरगढी ६ की ९ वर्षीया बिबिषा पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सामान बोकेर जाँदै गरेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटनामा पर्दा बालिकाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन् । उनका अनुसार ट्याक्टरमा सवार सोही ठाउँकी अर्की ४० वर्षीया शर्मिला तामाङ घाईते भएकी छिन् ।  

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा फसेको ट्याक्टर त्यहीँ छ भने चालक नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको एसपी मगरले बताएका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०६:१९ शुक्रबार

मृत्यु ट्याक्टर दुर्घटना बालिका