समाज

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा जाच गरिएको परीक्षणमा सुनिलस्मृती ४, ७ र ८ वडामा ७ देखि ४४ वर्ष उमेरका ब्यक्तिहरुमा संक्रमण देखिएको हो । सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृती भट्टराईका अनुसार वडा न. ४ का ८ जना, वडा न. ८ का ५ जना र वडा न. ७ का १ जनामा संक्रमण पुष्टी भएको हो । ति मध्य १ महिला र १३ पुरुष छन् ।  

उनिहरु सबै भारतबाट आएका थिए । गाउँपालिकाका अनुसार उनिहरु सबै क्वारेन्टिनमा रहेका छन् । भेरी अस्पतालले गतिलोसंग परीक्षणका बारेमा सबै खुलाएर नदिएका कारण कति जनाको परीक्षण सकियो भन्ने आधिकारीक तथ्याङ्क आएको छैन । यसअघि रोल्पाकै सुनिलस्मृती गाउँपालिका गजुलमा ३ जनामा संक्रमण देखिएको छ । 

प्रकाशित: २९ जेष्ठ २०७७ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App