समाज

यस वर्ष एसईई नलिइने, आन्तरिक मूल्याङकनलाई मान्यता दिइने

फाइल तस्बिर

सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विद्यालयको अन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताए।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको थियो।

मन्त्रालयले सुझाव कार्यदल समेत गठन गरेको थियो। कार्यदलले एसईई परीक्षाबारे दिएको प्रतिवेदनका आधारमा प्रस्ताव तयार भएको थियो। नेपालमा कोरोना देखिन थालेसँगै परीक्षा स्थगित भएको थियो।

विद्यालयको मूल्याङकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने र प्रमाणिकरण गर्ने जनाइएको छ।

 

 

प्रकाशित: २८ जेष्ठ २०७७ १६:३४ बुधबार

एसईई