समाज

गण्डकी प्रदेशका थप २४ जनाका कोरोना पुष्टि

गन्डकी प्रदेशका विभिन्न जिल्लामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सबैभन्दा बढी नवलपुरको बौदिकाली गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको हाे ।

त्यस्तै बागलुङमा ११ जना सन्क्रमित थपिएका छन् । बागलुङको निसिखोला गाउँपालिकामा ३ र  बरेङ गाउँपालिकामा ८ जनामा कोरोना देखिएको छ।

म्याग्दिको बेनि नगरपालिकामा  एक जनामा पनि कोरोना देखिएको गण्डकी प्रदेशको स्वास्थ निर्देशनालयले जनाएको छ। गन्डकी प्रदेशमा अब संक्रमितको संख्या १ सय ४४ पुगेको छ।

प्रकाशित: २७ जेष्ठ २०७७ ०१:३४ मंगलबार

कोरोना सङ्क्रमण