समाज

सर्लाहीमा एकैदिन ७४ जना संक्रमित थपिए

सर्लाहीमा आईतबार मात्र ७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा २४९ जना संक्रमित पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार आईतबार सार्वजनिक भएको पीसीआर रिपोर्टबाट सर्लाहीका ७४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

आईतबार थप भएकामा गोडैता नगरपालिकाका ५४, बरहथवा नगरपालिकाका ७, विष्णु गाउँपालिकाका ६, बलरा नगरपालिकाका ५ र पर्सा गाउँपालिकाका २ जना रहेका छन् । आईतबार थप भएका सबै कोरोना संक्रमित भारतबाट फर्केर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखिएका व्यक्तिहरु भएको प्रजिअ जिसीले जानकारी दिए ।

प्रकाशित: २५ जेष्ठ २०७७ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App