समाज

प्रहरी हिरासतमा रहेकासहित गोरखाका १० जनामा कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ वर्षिय एक युवकसहित पहिलो पटक गोरखामा १० जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित ९ जना गण्डकी गाउँपालिकाका २५, ३२, २०, ४३, ३०, ३०, २१, ३१, २३ वर्षका पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माले बताए। 

नौ जना भारतबाट आएर गाउँपालिकाको बिभिन्न क्वारेन्टिनमा बसेकाहरु रहेको छन् भने एक जना प्रहरी हिरासतमा रहेका पालुङटार नगरपालिकाका युवक रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ। कोरोना पोजेटिभ देखिएकाहरुलाई गोरखा अस्पतालको आईसोलेसनमा ल्याउने तयारी गरिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०१:४३ आइतबार

कोरोना सङ्क्रमण कोरोना भाइरस