समाज

बैतडीको क्वारेन्टिनमा युवकको मृत्यु

बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६, सन्तोलीका ३१ वर्षिय एक युवकको मृत्यु भएको छ। शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ति व्यक्ति क्वारेन्टिनमा बसेको  पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले बताए।

एक्कासी साँझ साढे ६ बजेतिर बेहोस भएका ति पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले  जानकारी दिए। मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए। मृतकसँगै बेंगलोरबाट पाटनकै १३ जना पनि क्वारेन्टिनमा बसेका छन्।

 

प्रकाशित: २४ जेष्ठ २०७७ १६:३२ शनिबार

कोरोनाभाइरस क्वारेन्टिन