समाज

अर्घाखाँचीमा पाँचौ व्यक्ति संक्रमित

अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर–५ का एक जनामा कोरोना पुष्टी भएसंगै अर्घाखाँचीमा संक्रमितको संख्या ५ पुगेको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा जिल्लाको छत्रदेव–५, छत्रगंजका ४९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पुष्टी भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

गत जेठ १० गते भारतबाट आउदै गर्दा कोरोनाका कारण बाटोमै मृत्यु भएका भुमिकास्थान नगरपालिकाका कृष्णबहादुर गैरेसंगै आएका दुई जनामध्ये यी ४९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो भने छत्रदेवकै अर्का एक जना पुरुषको भने कोरोना नेगेटिभ देखिएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।  

संक्रमित युवालाई सन्धिखर्कस्थित हटारीनेटाको आइसोलेसनमा ल्याईएको छ । यसअघि पाणिनी गाउँपालिकाका दुई जना र शितगंगा नगरपालिकाका एक जनालाई पनि सोही आइसोलेसनमै राखिएको छ । संक्रमित चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०९:४६ शनिबार

कोरोना संक्रमित कोरोना भाइरस