समाज

गण्डकी प्रदेशमा थपिए १७ संक्रमित

कास्कीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको रुपा गाउँपालिकामा दुइ जनामा कोरोना देखिएको हो भने  अर्का पोखरा महानगरपालिकाका ५९ वर्षिय व्यक्ति हुन्। रुपा गाउँपालिकाका २३ र ३२ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यसअघि पोखरा महानगरपालिका ८ का एकजना ५९ बर्षका पुरुषमा हिजो मात्र संक्रमण देखिएको थियो। पोखरामा बिरामी परेर ३ दिन आगाडि हेलिकप्टरबाट उनलाई काठमाडौ लगिएको थियो। पोखरामा हिजो पहिलो संक्रमण देखिएपछि ती बिरामिको सम्पर्कमा आएका ब्यक्ति पहिचान प्रयाससमेत भइरहेको निर्देशनालयले बताएको छ।  

त्यस्तै स्याङ्जामा कोरोनाका १० जना संक्रमित थपिएका छन्। वालिङ नगरपालिकाका आठ र हरिनास गाउँपालिकाका २ जनामा कोरोना देखिएको निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले बताएका छन। बागलुङको ताराखोला गाउँपालिकाका १ जनामा पनि कोरोना देखिएको छ। त्यस्तै नवलपुरको बिनयी त्रीबेणी गाउँपालिकाका ३ जना पुरुषमा पनि संक्रमण देखिएको छ। निर्देशक शर्माका अनुसार संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भएको छ। गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमण हुनेको सङ्ख्या ७५ पुगेको छ।  

 

 

प्रकाशित: २४ जेष्ठ २०७७ ०१:२० शनिबार

कोभिड १९ गण्डकी प्रदेश