समाज

जुम्लाको क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका ८ भैरव माध्यमिक विद्यालय धुपीढुस्कामा निर्माण गरिएको क्वोन्टाइनमा ६५ वर्षीया एक वृद्धको मृत्यु भएको छ।  

हिजो साझ बर्दियाबाट जिल्ला पुगेका उनको ९ बजे नै मृत्यु भैसकेको थियो। उनी दमको रोगी रहेको र औषधि सेवन गरिरहेका थिए। उनको स्वाब संकलन भैसकेको र आजै रिपोर्ट आउने प्रमुख जिल्ला भुपेन्द्र थावाले जानकारी दिए।

 

 

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७७ ०५:४० शुक्रबार