समाज

म्याग्देली युवा आवाजद्वारा डेँगी प्रभावित क्षेत्रमा डेढ सय झुल वितरण

वितरण गरिएको झुल । तस्बिर : हरिकृष्ण गौतम

जिल्लामा धमाधम डेँगी संक्रमित भेटिन थालेपछि युवाहरुले लामखुट्टेको टोकाईबाट बच्न झुल वितरण गरेका छन् । जिल्लाभित्र डेँगीबाट संक्रमित र प्रभावित क्षेत्रका बसोबास गर्नेलाई म्याग्देली युवा आवाज अभियानको आर्थिक तथा नेपाल युथ काउन्सिलको ब्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बेनी नगरपालिका, मंगला गाउँपालिका लगायतका क्षेत्रमा बसोबास गर्नेलाई १ सय ५० थान झुल वितरण गरिएको हाल दक्षिण कोरियामा रहेका अभियानका सदस्य दिनेशजंग कटुवालले बताए ।  

‘विपन्नलाई झुल किन्ने पैसा छैन्,‘हामीले यसलाई निरन्तरता दिन्छौ’ उनले भने । झुल वितरण बेनी अस्पताल, स्थानीय तहले समेत सहयोग गरेको छ भने वितरणमा नेपाल यूथ काउन्सिलका जिल्ला अध्यक्ष छवि आचार्यसहितको टोलीले गरेका छन् । जिल्लामा बेनी नगरपालिका र मंगला गाउँपालिकामा संक्रमति भएकाले त्यस क्षेत्रमा पुगेर वितरण गरिएको हो । डवल बेडमा प्रयोग गर्न मिल्ने झुलसँगै ५ सय मास्क समेत वितरण गरिएको छ । म्याग्दीमा बैशाख र जेठ महिनामा ११ जनामा डेंगु पोजेटिभ देखिएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०६:३० बिहीबार

युवा डेँगी झुल