समाज

गण्डकी प्रदेशमा थपिए १६ संक्रमित

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित भएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र  गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ| यस्तै  स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १८ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ|  

पर्बत जिल्ला, फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २१ र २१ का २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ। म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ| यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।  

 

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:०२ बिहीबार

कोभिड १९ गण्डकी प्रदेश