समाज

भक्तपुरकी कोरोना संक्रमित गर्भवती

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेकी भक्तपुरकी कोरोना संक्रमित महिला गर्भवती रहेको खुलेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेल सुन्दरथलीकी ३० वर्षीया महिला नवौं महिनाकी गर्भवती रहेको सोही वडाका वडाअध्यक्ष श्यामसुन्दर धिमालले जानकारी गराए। 

उनका अनुसार महिलाले नियमित स्वास्थ्य जाँचका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पीसीआर टेष्ट गरेकी थिइन्। पहिला नै एक बच्चाकी आमा उनले दोश्रो सन्तान जन्माउनका लागि शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने भएपछि पीसीआर टेष्ट गरेकी थिइन्। चिकित्सकहरुले प्रसूतिका लागि असार १९ गतेको लागि समय दिएकाले १६ गते कोभिड परीक्षणका लागि स्बाव दिइएको जनाइएको छ।

नयाँं संक्रमित भेटिएसँंगै भक्तपुर कोरोनायुक्त जिल्ला बनेको थियो। यसअघि जिल्लाका चार जनामा कोरोना देखिएको थियो। तर उनीहरु सवै निको भएर फर्की जिल्ला कोरोनामुक्त जिल्ला भएको थियो। तर मंगलबार फेरि एकजनामा कोरोना देखिएपछि जिल्ला कोरोनायुक्त जिल्ला भएको हो।

प्रकाशित: २१ जेष्ठ २०७७ ०३:२७ बुधबार

कोरोना संक्रमित