समाज

जुवाको खालबाट काठमाडौंमा ९ व्यापारी पक्राउ

जुवाको खालबाट प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले लकडाउनको समयमा जुवा खेलिरहेको सूचनाको आधारमा कमलादीस्थित गनगोर बुटिक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। दरबारमार्ग प्रहरीका अनुसार व्यापारीहरु विमल खेतान, रामचन्द्र संघाई, पुरुषोत्तम अग्रवाल, विमल अउजा, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मालाई पक्राउ गरेको हो। यस्तै होटल चलाउँदै आएका मिक्की जोगाईलाई पनि पक्राउ गरेको छ। मिक्की भारतीय नागरिक हुन्। प्रहरीले उनीहरुबाट २ लाख ७७ हजार नगद र ठूलो संख्यामा क्वाइन बरामद गरेको छ।  

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ १७:२७ सोमबार

पक्राउ जुवा