समाज

एकै दिन थपिए १६६ कोरोना संक्रमित

एकै दिन १६६ जना कोरोनाका विरामी थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ हजा ५६७ पुगेको छ।  

प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल वीरगंजमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी ३७ जना, सुर्खेतमा सल्यानका २५ र सुर्खेतका १ गरी २६ जना, धुलिखेलमा कपिलवस्तुका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, धरानमा गरिएको परीक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ र बाजुराका २ जना गरी ५ जना, कोशि अस्पतालमा झापाका ४ र मोरङका १ गरी ५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जना गरी ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यससँगै देशभर १ हजार ४ सय ५० पुरुष र १ सय १७ महिला गरी कुल १ हजा ५ सय ६७ जनामा संक्रमण देखिएको हो। आइतबार संक्रमण हुने १ य ६६ मध्ये १ सय ६२ पुरुष र ४ जना महिला रहेका छन्।

 

 

प्रकाशित: १८ जेष्ठ २०७७ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App