समाज

पाँचथरमा सरकारले ३ सय ८० घर बनाइदिँदै

सरकारले पाँचथरमा न्यून आर्थिक अवस्थामा भएका ३ सय ८० परिवारलाई घर बनाइदिने भएको छ । सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत यहाँका आठै स्थानीय तहमा आर्थिक अवस्था कमजोर भएका परिवारका लागि घर बनाइदिन लागेको हो ।

संघीय सहरी विकास डिभिजन कार्यालय झापाले जिल्लाका आठै स्थानीय तहका प्रमुखहरुसँग बैठक राखि घर बनाउने वार्ड छनौट गरेको छ । वार्ड छनौट भएपछि सार्वजनिक सूचनामार्फत आवदेन लिई लाभाग्राही छनौट गरीने जानकारी दिइएको छ ।  

दुई किस्ता मार्फत ५० हजार रुपैयाँ सरकराले अनुदान दिने डिभिजन कार्यालयका प्रखुम राजेन्द्र खतिवडाले जानकारी दिए । आर्थिक वर्ष सकिने समय नजिकिदै गर्दा कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ ।  

 

प्रकाशित: १८ जेष्ठ २०७७ ०८:२६ आइतबार

आर्थिक अवस्था सुरक्षीत नागरिक आवास कार्यक्रम