समाज

संक्रमित थपिएपछि आइसोलेसन बेडको अभाव

क्वारेन्टिनलाई आइसोलेसन सेन्टर बनाइयो

कपिलवस्तुमा एकै पटक धेरै संख्यामा कोरोना संक्रमित थपिन थालेपछि बिरामीहरुलाई राख्न आइसोलेसन बेडको अभाव छ । तीव्र गतिमा कोरोना संक्रमति थपिएपछि पालिकाहरुमा संक्रमितलाई आइसोलेसन बेडको समस्या भएको हो । शनिबार एकै पटक ७७ र शुक्रबार ५२ जना संक्रमित थपिएका छन । शनिबार साँझसम्म जिल्लामा २ सय ६५ जना संक्रमित पुगेका हुन ।  

प्रशासन कार्यालय अनुसार जिल्लामा हालसम्म १ सय ९६ आइसोलेसन बेड छन् ।  शनिबार साँझसम्म जिल्ला मै सबै भन्दा बढी यशोधरा गाउँपालिकामा मात्र सय जना संक्रमित पुगेका छन् । यशोधरा र कपिलवस्तु नगरपालिकाले रेहरामा संयुक्तरुपमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण गरेका छन् । ती सबै बेड भरिभराउ भएको छ । संक्रमितलाई राख्न समस्या भएपछि प्रशासन कार्यालयको निर्देशनमा गाउँपालिकाकै बैदौलीमा रहेको अनिरुद्र पब्लिक उमाबिलाई आइसोलेसन सेन्टर बनाइएको गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेयले बताए । क्वारेन्टिनका रुपमा प्रयोग भएको यो विद्यालयलाई अहिले आइसोलेसन सेन्टरका रुपमा बनाएर संक्रमितलाई राखिएको उनले बताए । यशोधरामा २ महिने बालिकासहित महिलाहरु समेत संक्रमित छन् । ‘जिल्ला बाहिर र भित्रमा आइसोलेसन बेडको अभाव छ, त्यसैले बिद्यालयलाई नै आइसोलन सेनटर बनाउनु को बिकल्प नै छैन’ उनलृे भने । उनले क्वारेन्टिन र आइसोलेसन सेन्टरको ब्यवस्थापनमा निकै कठिनाई भएको बताए ।  

उता कृष्णनगर नगरपालिकाका मेयर रजनप्रताप शाहले क्वारेन्टिनको ब्यवस्थापनमा कठिनाई भएको बेला संक्रमित थपिएपछि झनै समस्या भएको बताए । कृष्णनगरमा ३५ जना सक्रमित फेला परेका छन् । मेयर शाहले शिराजुल उमुल मदर्सामा सय बेडको आइसोलेसन बनाएर संक्रमितलाई राख्ने तयारी गरिएको बताए । ‘सघीय र प्रदेश सरकारबाट ठोस सहयोग नमिल्दा निकै गर्‍हो परेको छ ’ उनले भने । संक्रमित थपिएसंगै जिल्लाका सबै पालिकाहरुलाई आइसोलेसन बेडको समस्या भएको छ । बढी संक्रमित भेटिए पछि बिरामीलाई राख्न समस्या परेपछि यशोधरा गाउँपालिकाको अनिरुद्र पब्लिक उमाबिमा शनिबार दिउँसो पुगेको प्रजिअ दीर्घनारायण पौडेलले आइृसोलेसन बेड बिद्यालयमै खडा गरिएको बताए । प्रशासन कार्यालय अनुसार बुटवल भैरहवा र दाङ गरी ३३ जना कोरोना अस्पतालमा उपचाररत छन् । बाँकी २ सय १७ जना जिल्लानका क्वारेन्टिन र आइसोलेसन सेन्टरमा छन् । जिल्लामा २ सय ६५ संक्रमित मध्ये १५ जना निको भई घर फर्किसकेका छन् । 

प्रकाशित: १७ जेष्ठ २०७७ १४:०४ शनिबार

क्वारेन्टिन आइसोलेसन सेन्टर संक्रमित