समाज

संखुवासभामा पनि देखियो कोरोना, दुई जनामा संक्रमण

संखुवासभामा पनि कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संखुवासभामा दुई जनामा कोरोन संक्रमण पुष्टि भएको हो।  भारत उत्तर प्रदेशको महुबाट भैरहवाको सुनौली नाका हुँदै जेठ १३ गते संखुवासभा आइपुगेका दुबै संक्रमितलाई हाल तुम्लिङ्टार स्थित क्वारेन्टिनमा राखिएको छ।

संखुवासभा जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोशन श्रेष्ठका अनुसार संक्रमित एकजना खाँदबारी नगरपालिका–७ का २३ वर्षीय र पाँचखपन नगरपालिका–१ का २२ वर्षीय पुरुष छन्।  उनीहरुको कोशी अस्पताल विराटनगरमा गरिएमा पीसीआर परीक्षण गरिएको थियो।  

खाँदबारी नगरपालिका-९ तुम्लिङटार स्थित क्वारेन्टीनमा राखिएका अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।  

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ ११:३४ शनिबार

कोभिड १९ कोरोनाभाइरस