समाज

करेन्ट लागेर वृद्धको मृत्यु

बन्दीपुर गाउँपालिका–२ गोलडाँडामा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर आले रहेको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।  बिहीबार बिहान घर पछाडिको डोरीमा लुगा सुकाउने क्रममा नाङ्गो तारमा छुदा करेन्ट लागेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायव निरीक्षक रामकृष्ण अधिकारीले जानकारी दिए ।  

करेन्ट लागेर गम्भीर घाइते भएका आलेको बन्दीपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक अधिकारीले बताए । आलेको शव पोष्टमार्टमका लागि दमौली ल्याइएको प्रहरी जनाएको छ । 

प्रकाशित: १५ जेष्ठ २०७७ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App