समाज

गणतन्त्र दिवसमा ताप्लेजुङका २ कैदीको कैद सजाय मिनाह

गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारमा रहेका २ जना कैदीको पनि कैद सजाय मिनाहा गरिएको छ । गणतन्त्र दिवशको अवसरमा मिक्वाखोला गाउँपालिकाका पेम्बाठूले शेर्पा र सिदिङ्वा गाउँपालिकाका रमेश विश्वकर्माको सजाय मिनाह गरिएको ताप्लेजुङ कारागारका प्रमुख कुलेन्द्र खवासले जानकारी दिए ।  

शेर्पालाई कर्तव्य ज्यान मुद्दामा ७ वर्ष र विश्वकर्मालाई गौवध हत्या मुद्दामा २ वर्ष कैद सजाय तोकिएको थियो । घोषित सजाय मध्ये शेर्पाले ३ वर्ष ९ महिना १३ दिन र विश्वकर्माले १ वर्ष १० महिना ७ दिन कैद भुक्तान गरिसकेका थिए । उनीहरु २ जना कैद मुक्त भएपछि अहिले कारागारमा कैदी र थुनुवा गरी १ सय ३५ जना रहेको कारागार प्रमुख खवासले बताए । 

प्रकाशित: १५ जेष्ठ २०७७ ०६:३७ बिहीबार

गणतन्त्र दिवस कैद सजाय