समाज

बागलुङका संक्रमित सबै युवा

बागलुङका ६ जना युवामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये बडिगाड गाउँपालिकाका दुईजना र तमनखोला गाउँपालिकाका चारजना रहेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार बडिगाडको क्वारेन्टिनमा रहेका १९ र २० वर्षका दुईजना तथा तमनखोलाको क्वारेन्टिनमा रहेका २१ वर्षका दुई तथा २७ वर्षका दुई गरि ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरु चारैजना भारतबाट हालैमात्र घर फर्केका थिए। प्रदेश निर्देशक शर्माले संक्रमित सबैलाई सदरमुकामस्थित सरकारी अस्पतालमा उपचारका लागि ल्याउने तयारी भईरहेको छ।

निर्देशक शर्माले भारतबाट आएका उनीहरु पोखरा हुँदै बागलुङ पुगेको र पोखराको सिम्पानीमा खाना समेत खाएर गएको जानकार दिए। ‘अब सबैतिर संक्रमण बढ्ने त्रास छाएको छ,’ उनले भने, ‘कास्की झनै ट्रान्जिट प्वाइन्ट भएकोले पोखरामा पनि जोखिम बढेको छ।’

 

प्रकाशित: १४ जेष्ठ २०७७ ०६:५४ बुधबार

कोभिड १९ कोरोनाभाइरस