समाज

क्वारेन्टिनमा बसेका युवकको मृत्यु

बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । गुलरिया नं. ९ नम्बर वडा गडेनपुरुवाका ५५ वर्षिय जगदिश गोडिया मृत्यु भएको प्रहरी निरीक्षक सुशिल थापाले बताए । 

उनका अनुसार गोडिया अछामबाट आएर  मंगलबार देखि क्वारेन्टिनमा बसेका थिए । गोडियाको के कारण मृत्यु भएको खुलेको छैन । रिदय घात भएको हुन सक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन् । मृतकको स्वाब संकलन गरी कोरोना परीक्षण हुने उनले जानकारी दिए । 

प्रकाशित: १४ जेष्ठ २०७७ ०३:५८ बुधबार

मृत्यु क्वारेन्टिन