कोरोना सङ्मितको उपचारका लागि बर्दियामा आइसोलेशन सेण्टर तयार गरिएको छ। जिल्ला समन्वय समितिको सभाकक्षमा सबै सुविधासहितको २६ शय्याको सेण्टर तयार गरिएको हो।
वार्डमा एक मेडिकल सुपरिटेण्डेण्ट तथा एक चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको जिल्ला समन्वय समितीका प्रमुख शंकरप्रसाद थारुले जानकारी दिए। त्यसैगरी जिल्ला अस्पताल गुलरियामा २५ शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ। यहाँका कोरोना संक्रमितलाई दाङको अस्पतालमा लैजान समस्या भएपछि यहीँको अस्पतालमा आइसोलेशन वार्ड तयार गरिएको प्रमुख थारुले बताए।
अहिलेसम्म नगरपालिकामध्ये गुलरियामा चार, राजापुर र बाँसगढीमा एकएक तथा बढैयाताल गाउँपालिकामा एक गरी सात जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित: १४ जेष्ठ २०७७ ०२:२६ बुधबार