समाज

अस्पतालका २० स्वास्थकर्मी क्वारेन्टिनमा

बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना सङ्कमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टिनमा राखिएको छ। 

 जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टिन र  छलाई होम क्वारेन्टिनमा राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले जानकारी दिए।  अधिकांश स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेपछि आकस्मिकबाहेकका अस्पतालका सेवा बन्द भएका छन्।  

जिल्ला अस्पतालमा भर्ना भएका सबै बिरामी र स्वास्थकर्मीको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ। स्वाब  रिपोर्ट आएपछि मात्र अस्पतालको अन्य सेवा पुनःसञ्चालन हुने अस्पतालका मेसु पाण्डेले बताए।  जिल्लाका गुलरिया नगरपालिकाका चार तथा बाँसगढी नगरपालिका, राजापुर नगरपालिका  र  बढैयाताल गाँउपालिकाका एकएक  गरी सात जनामा कोरोना भाइरस पुष्टि भएको छ।  

प्रकाशित: १३ जेष्ठ २०७७ ०९:२१ मंगलबार

क्वारेन्टिन स्वास्थकर्मी