समाज

कोठाभरि कोचाकोच

त्रिभुवन माध्यमिक विद्यालयमा एउटै कोठामा सुतेका ब्यक्तिहरु। तस्बिरः गोविन्द केसी/नागरिक

दैलेखको नारायण नगरपालिकाभित्र बनाइएका क्वारेन्टाइनमा भारतबाट आएका जिल्लाबासीहरुले कोचाकोच बस्नुपरेको गुनासो गरेका छन्। एउटै कोठामा २० देिख २५ जनासम्म बस्नुपरेको दुखेसो उनीहरुले गरेका हुन्।

नारायण क्याम्पस र त्रिभुवन माध्यमिक विद्यालयमा बस्नेहरुले दुःख पाएको गुनासो गरेका हुन्। आफुहरुलाई अमानवयि रुपमा यहाँ ल्याएर बसालिएको गुनासो उनीहरुले गरेका हुन्। एउटै कोठामा खादिएर बस्नु परेको छ, त्यसमा पनि शौचालय लगायतका समस्या झेल्नुपरेको क्वारेन्टाइनमा बस्दै आएका टेकबहादुर खड्काले बताए।  

क्वारेन्टाइनको ब्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाको हो। तर, ब्यवस्थापन कमजोरी हुँदा उनीहरुलाई खानादेखी बस्न र शौचालयसम्ममा समस्याहरु भइरहेको क्वारेन्टाइनमा बसेकाहरुले गुनासो गरेका छन्। क्वारेन्टाइनमा एकान्त बास हुनुपर्नेमा सवैलाई हुलमुल गरेर एकै ठाउँमा कोचिएको जगत थापाले गुनासो गरे।

 ‘को कहाँबाट आएको हो ? को कस्तो छ ? थाहा छैन्।’ थापा भने, हामीलाई यहाँ सगै राखेर झन् डर क्रसपूर्ण रुपमा बस्नुपरेको छ।’ जतिसक्दो सहज र ब्यवस्थापन राम्रो गर्न लागि परेको नारायण नगरपालिकाले प्रतिक्रिया दिएको छ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०३:३० सोमबार

क्वारेन्टिन