समाज

तस्करले फालेको गाँजा बरामद, तस्कर उम्कियो

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– १ मा तस्करले फालेको चार बोरा गाँजा प्रहरीले बरामद गरेको छ। बरामद गाँजाको परिमाण  करिब एक क्विन्टल रहेको सिरहा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भगवानपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो। तस्करले चारवटा बोरामा प्याक गरेको गाँजा भारत लग्दै गरेकाे अवस्थामा प्रहरीलाई देखेपछि बोरा फालेर फरार भएको सिरहा प्रहरीको दाबी छ । गाँजा बोकेका चारजना प्रहरीलाई देख्नेबित्तिकै बोरा फालेर भागेपछि प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी बिनोद घिमिरेले बताए । फरार चारै जनाको खोजी भइरहेको उनले बताए । बरामद गाँजा इलाका प्रहरी कार्यालयमा राखिएको छ । 

पछिल्लो समय लकडाउनको लाभ गाँजा, मदिरा र लागूऔषध तस्करले सिराहाको भगवान हुँदै अभयनगर नाकाबाट तस्करीको लाभ उठाइरहेको स्थानीय बताउँछन्। मदिरा, गाँजा पारी र लागूऔषध र सुर्तीजन्य पदार्थसहित गुटखा वारी तस्करी बढेको अभयनगरका एक स्थानीयले बताए।

प्रकाशित: ११ जेष्ठ २०७७ १६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App