रोल्पामा गाउँपालिका अध्यक्षले आफुलाई हातपात गरेको भन्दै वडा अध्यक्षले प्रहरीमा उजुरी दिएका छन् भने अर्को तिर वडा अध्यक्षले आफुलाई हातपात गरेको भन्दै गाउँपालिका अध्यक्षले प्रहरीमा उजुरी दिएका छन् । पूर्वी रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा न. ४ का वडा अध्यक्षले गाउँपालिका अध्यक्षले आफुलाई कुटपिट गरेको भन्दै ईलाका प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । वडा अध्यक्ष क्षेत्रीले उजुरी दिएको केहि समय पछि गाउँपालिका अध्यक्ष घर्तीले पनि अर्को उजुरी दर्ता गराएको प्रहरीले बताएको छ । जसमा घर्तीले वडा अध्यक्षले आफुलाई हातपात गरेको जनाएका छन् ।
कार्यपालिका बैठकमा बैंक सञ्चालन, खाद्यान्न र निर्माण सामाग्री ढुवानी रोक्ने वा नियमित संचालन गर्ने भन्ने विषयमा विवाद भएपछि, हानाहान भएको बैठकमा सहभागी एक जनप्रतिनिधिले बताए । दुबै जना कुटाकुट गर्न थालेपछि सहभागीले छुट्याएका थिए । गाउँपालिकाका अध्यक्ष घर्ती तत्कालीन माओवादीबाट र वडा अध्यक्ष क्षेत्री नेपाली कांग्रेसबाट निर्बाचित भएका थिए । झगडा राजनितिक रुपमा बाहिरै मिल्ने सम्भावना देखेपछि प्रहरीले पनि आफु कहाँ परेको दुबै ठाडो निबेदनका बारेमा कुनै प्रकृया अगाडी बढाएको छैन् ।
प्रकाशित: १० जेष्ठ २०७७ १३:५५ शनिबार