समाज

भारतबाट फर्केका चार जना कोरोना संक्रमित

भारतबाट फर्किएका बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शिवनाथ गाउँपालिका– १ का २० र २७ वर्षिय युवक वडा नं. २ का २०  र २२ वर्षिय युवकमा कोरोना संक्रमण देखिएको हो। घर फर्कदा कैलालीका त्रिनगर सीमानाकामा र्यायपिड टेस्ट गर्दा पोजिटिभ देखाएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। शनिबार पिसिआर परीक्षण गर्दा चारै जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु भारतको मुम्बइ र नासिकबाट आएको बुझिएको छ। यो सँगै बैतडीमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। शुत्रबार मात्रै शिवनाथ–२ का युवकमा कोरोना संक्रमण भेटिएको थियो। हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनको पिसिआर रिपार्ट पोजिटिभ आएपछि जिल्ला अस्पताल बैतडीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ भने उनको सम्पर्कमा आएका आफन्त, सुरक्षाकर्मी लगाययतको स्वाब संकलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

 

प्रकाशित: १० जेष्ठ २०७७ ११:३५ शनिबार

कोभिड १९