समाज

निकुन्जबाट बेवारिस अवस्थामा २१ थान बन्दुक बरामद

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेका विभिन्न मध्यवर्ती क्षेत्र सामुदायिक वनहरुबाट बेवारिस अवस्थामा बरामद गरिएका बन्दुक लागयतका चोरीशिकारी कार्यमा प्रयोग गरिएका बन्दोबस्तीका सामाग्री ।

निकुन्ज गस्ती टोलीले मध्यवर्ती क्षेत्र अन्र्तगतका सामुदायिक वनमा बेवारिस अवस्थामा २१ थान बन्दुक बरामद गरेको छ । हिमाली जिल्ला डोल्पामा निकुन्ज स्थापना भएको ४७ वर्षपछि पहिलो पटक चोरीशिकारीमा प्रयोग गरिदै आएका बन्दुक ठूलो संख्यामा बरामद गरिएको हो ।

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्र्तगतका सामुदायिक वनमा लकडाउनको मौका छोपेर जडिबुटी तथा वन्यजन्तुको चोरीशिकारी हुने गरेको पाइएपछि निकुन्जले निकुन्ज कर्मचारी र निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेना सहितको संयुक्त गस्ती परिचालन गरेको छ । 

शे फोक्सुण्डो राष्ट्रिय निकुन्जमा पर्ने ठुलीभेरीनगरपालिका अन्र्तगत १० र ११ मा रहेका रह र परेलास्थित देउती र देवी सामुदायिक वन, त्रिपुरासुन्दरी नगरपालिका २ अन्र्तगतको रुुम गाउँ र महाकाल मध्यवर्ती क्षेत्र सामुदायिक वनमा गरिएको सर्च अभियानको क्रममा २१ थन बन्दुक बेवारिस अवस्थामा बरामद गरिएको निकुन्जले जनाएको छ । सामुदायिक वनमा चोरीशिकारीमा प्रयोग गरिदै आएका बन्दुकसहित रसि गाउँमा एक स्थानीयको घरबाट बरामद गरिएका ३ ओटा घोरलका छाला समेत पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

यसैगरि शे फोक्सुण्डो गाउँपालिका वडा नम्बर ९ मा पर्ने कुनासा पाटनमा लकडाउनको मौका छोपेर यार्सागुम्बाको चोरी गर्न आएका चोरहरुलाई लख्टने क्रममा चोरहरुले प्रयोग गर्दै आएका सिल्पीङ्गव्याग कुटो लागयत मोवाइल थान १ समेतका बन्दोबस्तीका सामाग्री बरामद गरिएको पनि निकुन्ज कार्यालयले जनाएको छ । जेठको पहिलो सातामा पनि त्रिपुरासुन्दरी नगरपालिका २ रसि गाउँबाट ७ थान बन्दुक बरामद गरेको थियो ।

निकन्ज क्षेत्रमा पाइने वन वन्यजन्तु र बातारणको संरक्षणको लागि स्थानीय जनता मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी र संचारकर्मीको सकारात्मक र रचनात्मक सहयोगको आबश्यकता रहेको निकुन्जका कायमुकायम प्रमुख संरक्षक अधिकृत सरोजमणी पौडेलले बताए । निकुन्ज कर्मचारी र निकुन्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीलाई समुचित परिचालन गरि सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमा मात्र संरक्षण अभियानमा सफलता प्राप्त गर्न सकिने पोडेलको भनाई छ ।

चोरीशिकारी तथा हतियार रहित निकुन्ज बनाउने अभियान अन्र्तगत निकुन्ज क्षेत्रका सम्पुर्ण स्थानीय बासिन्दाको घरखानतलासी समेत गरिने भएकाले आफ्नो घरमा भएका बन्दुक स्वस्र्फुत रुपमा निकुन्ज कार्यालयमा बुझाउन १५ दिनको सुचना जारि गरेर अनुरोध गरिने उक्त समयमा नबुझाएमा घर खानतलासीको क्रममा बन्दुक लगायतका हतियार फेला परेको खण्डमा हातहतियार तथा खरखजाना ऐन २०१७ अन्र्तत कारवाही समेत गरिने पनि प्रमुख संरक्षण अधिकृत पौडेलले बताए ।

निकुन्व सुरक्षर्था खटिएको ईश्वरीबक्स गुल्म सुलिगाडका मेजर लेखनाथ कटवालले प्रकृती संरक्षणमा नेपाली सदैव लागि परेको र निकुन्जको निर्देशनमा निकुन्ज क्षेत्रमा हुने संरक्षणको हितविपरितका कुनैपनि कार्य नियन्त्रणको लागि कुनैपनि कसुर बाँकी नराख्ने र संरक्षण अभियानमा सबैको सकरात्मक सहयोगको आवश्यकता रहने बताए ।  

यसैबीच हाम्रा सबै समस्याको समाधान प्रकृतिसंग छ भन्ने नाराका साथ विश्वजैविक विविधता दिवसको अवसर पारेर विश्ववन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुन्जले निकुन्ज भित्र रहेका विभिन्न मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुलाई  ७ दिने प्रकृति पथ प्रदर्शक सम्बन्धि तालिम समेत दिएको छ । तालिममा शे फोक्सुण्डो ताल नजिकका रिग्मो, पुग्मो, र्‍याची, तापरिचा र साल्दाङ्गका  १५ जना युवाहरुको सहभागिता रहेको छ ।

प्रकाशित: १० जेष्ठ २०७७ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App