समाज

क्रिमसनमा उपचारत गुल्मीका कोरोना संक्रमितको मृत्यु

रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। आज बिहान ७ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।

गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो। जण्डिस र ज्वरो आएपछि ती बिरामीलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारका लागि बुटवल ल्याएका थिए। कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते उनको स्वाब झिकी परीक्षणका लागि पठाइएको मा ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो। नेपाल सरकारले तयार गरेकाे स्वास्थ्य गाइडलाइन अनुरुप मृत्तकको दाहासंस्कारको तयारी भइरहेको प्रदेशका कोरोना फोकल पर्शन समेत रहेका निर्देशक डा. चौधरीले बताए।  

मृत्तक मदानैकै एक स्कुलका प्रधानाध्यापक हुन। उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि क्रिमसन अस्पताल शिल गरिएको थियो। उपचारमा सलग्न चिकित्सक नर्स कर्मचारी तथा बिरामीका कुरुवालाई असपतालमै क्वारेन्टाइनमा राखिएको छ।  

कोरोना पोजेटिभ देखिएका ती बिरामीको ट्राभल हिष्ट्रि नभेटिएकाले कसरी र कहाँबाट सर्यो भन्ने बिषयमा अध्ययन भइरहहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। गुल्मीमा कोरेना संक्रमण देखिएको यो पहिलो केश हो।

याे सँगै  काेराेना संक्रमणका कारण  मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ। यसअघि सिन्धुपाल्चाेककी एक महिला र नेपालगन्जका एक युकककाे ज्यान गैसकेकाे छ। 

प्रकाशित: ८ जेष्ठ २०७७ ०३:३७ बिहीबार

कोरोना संक्रमित