समाज

जाजरकोटका स्थानीय सरकारलाई स्वास्थ्य सामग्री सहयोग

विश्वभर महामारीको रूपमा फैलिरहेको  कोरोना भाइरस (कोभिड –१९) को संक्रमण रोक्ने काममा सहयोग गर्नका लागि ‘सेभ द चिल्ड्रेन’ले जाजरकोटका तीन स्थानीय तहहरु र स्वास्थ्य सेवा कार्यालयलाई विभिन्न सुरक्षा सामग्रीहरु हस्तान्तरण  गरेको छ ।  कोरोना संक्रमण जाँच गर्न र स्वास्थ्य संस्थामा नियमित काम गर्नका लागि  स्वास्थ्यकर्मीको सुरक्षाका लागि जिल्लाको  भेरी नगरपालिका , कुशे गाउँपालिका  र छेडागाड नगरपालिका र स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई ती सामाग्रीहरु हस्तान्तरण गरेको हो ।  

स्थानीय पहाडी क्षेत्र विकास अभियान र पाँचतारा युवा संरक्षक मन्च जाजरकोट मार्फत  सेभले वुधवार  ती स्थानीय तह र स्वास्थ्य सेवा कार्यालयलाइ सात लाख ३० हजार वरावरका सुरक्षा सामाग्रीहरु उपलव्ध गराएको हो ।सेभले  थर्मल गन, पिपीइ सेट, मास्क, सेनीटाइजर, ग्लोवहरु  प्रति सामाग्रीहरु  एक सय सेट भन्दा वढी र चेतनामुलक पोस्टरहरु हस्तान्तरण गरेको छ । 

कोरोना विरुद्ध लड्न सहयोग पुर्याउने  अति आवस्यक सुरक्षा सामग्रीहरु आफुहरुलाई सेभले उपलव्ध गराएको  कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताए । उनले  सेभको सहयोगले  आफुहरुलाई  कोरोना विरुद्धको अभियानमा सक्रिय भएर लाग्न सहयोग गर्ने बताए । संघ सस्थाहरुका  तर्फवाट गरिएको  सवै भन्दा ठुलो सहयोग नै यहि भएको  अध्यक्ष बस्नेतले बताए ।  

यस्तै  जनताको सुरक्षा र कोरोनाको महामारी विरुद्ध लडिरहेको सरकारलाइ सहयोग पुरयाउन सेभले भेरी नगरपालिकालाइ    १ लाख ६८ हजार रुपैयाको, कुशे गाउँपालिकालाइ २ लाख १ हजार रुपैयाको  छेडागाड नगरपालिकालाइ एक लाख ८० हजार  रुपैयाको र  स्वास्थ्य सेवा  कार्यालय जाजरकोटलाइ  १ लाख ८३ हजार रुपैया वरावरका यी सामाग्रीहरु  दिएको  पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यकारी निर्देशक छवि पन्तले बताए ।

उनले सबैको सामुहिक पहल एकता र सहकार्यबाट नै महामारीलाई जित्न सकिन्छ भन्ने हेतुले सेभका तर्फवाट जाजरकोटका केहि स्थानीय तह र  स्वास्थ्य सेवा कार्यालयलाई सहयोग गरिएको वताए । यस्तै पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणवहादुर कार्कीले  सेभको सहयोगले  जाजरकोट जिल्लामा कोरोनाको संक्रमण परीक्षणमा जोखिम मोलिरहेका स्वास्थ्यकर्मीहरुलाइ ठुलो राहत मिल्ने बताए ।  

उनले  महामारीका विरुद्ध  अनावश्यक चिन्ता भन्दा पनि सहकार्य र सहयोगी हातहरु अघि वढाएर लड्न सकिने उदाहरण सेभले प्रस्तुत गरेको वताए ।  स्थानीय तह  र स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सुरक्षा सामग्रीहरु हस्तान्तरण गर्ने काममा पाँचतारा युवा संरक्षक मञ्चका कार्यकारी निर्देशक पन्त र  पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक कार्कीले ‘सेभ द चिल्ड्रेन’ को प्रतिनिधिको रुपमा  समन्वय तथा सहजिकरण गरेका थिए ।

प्रकाशित: ७ जेष्ठ २०७७ ११:३२ बुधबार

स्वास्थ्य सामग्री