समाज

भक्तपुरको ल्योसिंखेल क्षेत्र सिल, प्रहरी तथा स्थानीय परिचालित

प्रत्येक वर्ष विस्केट जात्रामा लिंगो उठाउने भक्तपुरको ल्योसिंखेल क्षेत्र सिल गरिएको छ। भक्तपुर जिल्लाकै स्थानीयमा पहिलो पटक भक्तपुर नगरपालिका वडा नं ५ निवासी ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि बुधबार विहानैदेखि त्यस क्षेत्रलाई सिल गरिएको हो। विहानैदेखि प्रहरी तथा स्थानीय परिचालित भई त्यस क्षेत्रलाई सिल गरिएको हो।  

मंगलबार पुष्टि भएका भक्तपुरका कोरोना संक्रमित बुधबार विहान भक्तपुर नगरपालिका वडा नं ५ निवासी भएको खुलेको थियो। उनी काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडी चालक भएको खुलेको थियो। महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती सवारी चालक पुरुषमा संक्रमण पुष्टि भएको हो। परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राति नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुयाएको जनाइएको थियो। परिवारको अन्य सदस्य निगरानीमा रहेका छन्।

प्रकाशित: ७ जेष्ठ २०७७ ०४:५५ बुधबार

सिल