समाज

पत्रकारलाई मास्क, सेनिटाइजर र सीम वितरण

कोभिड–१९ अर्थात् कोरोना भाइरसको महामारीमा पनि जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारलाई सुर्खेत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा सुर्खेत सञ्चार केन्द्रका सञ्चालक हर्षविक्रम खड्काले कोरोना जोखिम कम गर्ने सुरक्षा सामग्री सहयोग गरेका छन् । एननाइनफाइभ मास्क, सेनिटाइजर र फ्रि कल र इन्टरनेटडाटासहितको एनसिएल सिम सहयोग गरेका हुन् ।

उक्त सामग्री नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले वितरण गर्ने छ । उक्त सामग्रीपश्ताच् पत्रकारलाई दैनिक समाचार संकलनमा झन सहज हुने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव सुदीप पुरीले जानकारी दिए ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:२४ मंगलबार

कोभिड १९ कोरोनाभाइरस