समाज

दुर्घटनामा बालकको मृत्यु

झापाको विर्तामोड नगरपालिकामा आज पिकअप भ्यान (छोटा हात्ती) को ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान ८ बजे बिर्तामोड नगरपालिका–१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

उनका अनुसार घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App