समाज

त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर गाउँ फर्किएकाहरू क्वारेन्टाइनमा

गोरखा

गोरखाको भीमसेनथापा गाउँपालिका–८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आइतबार साँझगाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष बासु थापाले बताए ।  

केही दिनअघि त्रिवि शिक्षण अस्पतालमा प्रसूति भएकी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि गाउँमात्रास बढ्ने भएकाले सुरक्षाका लागि क्वारेन्टाइनमा राखिएको हो । जागेश्वर माध्यमिक विद्यालयम ानिर्माण गरिएको क्वारेन्टाइनमा रहेका उनीहरूलाई खाने व्यवस्था वडा कार्यालयले गरेको भीमसेन थापागाउँ कार्यपालिका सदस्य सरिताभट्टले बताइन् । गाउँपालिकार स्वास्थ्य कार्यालयको समन्वयमा उनीहरूको पिसिआर परीक्षण गर्ने तयारी भएको छ । निमोनिया भएर उपचार गराउन गएकाउनीहरू एक सातापछि घर फर्केका थिए ।  

वैशाख २५ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर प्रसूति गराएकी शहिद लखन गाउँपालिका–९ नाम्जुङकी एक महिलागाउँफर्किएपछि त्रास बढेको छ । सुत्केरी महिलासहितउनको सम्पर्कमा रहेकाहरूको पिसिआर परीक्षण मंगलबार गर्ने तयारी गरिएको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताए । उनीहरूआफ्नै घरमा बसिरहेका छन् ।  

प्रकाशित: ५ जेष्ठ २०७७ १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App