समाज

प्रेस काउन्सिलको पहलमा पत्रकारको कोरोना परीक्षण

काठमाडौं प्रेस काउन्सिलको पहलमा पत्रकारहरुको कोरोना परीक्षण गरिएको छ। काउन्सिलको कार्यालय सिनामंगलमा पत्रकारहरुको स्वाब संकलन गरिएको थियो। फ्रन्टलाईनमा खटिएका सञ्चारकर्मीहरुको स्वास्थ्य परीक्षण गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए। काउन्सिलको पहलमा ७० जना संचारकर्मीको स्वास्थ्य परीक्षण गरिएको थियो।  

कोरोनाम महामारीकी बीच पनि पत्रकारहरुले सुरक्षाका उपायहरु अपनाउँदै आफ्नो काम सुचारु राखेका छन्। फिल्डमा खटिएर काम गर्दा हुने जोखिमलाई हेरेर काउन्सिलले फोटो पत्रकार तथा फिल्डमा खटिएका पत्रकारहरुको परीक्षण गराएको श्रेष्ठले बताए। सुरक्षाका उपाय अपनाउँदै आफ्नो काम गर्न उनले सुझाव दिए।  

 

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ११:४१ सोमबार

कोभिड १९