शनिबार कोरोना पोजेटिभ पुष्टि भएका सर्लाहीका १८ वर्षीय युवक वैशाख २८ गते राति सर्लाहीबाट काठमाडौ आएका थिए । गत चैत आठ गते लकडाउन अघि सर्लाही गएका उनीसहित पाँच जना मोटरसाइकलमा आएका थिए । उनको साथी र उनको भाइ काठमाडौबाट उनी र उनको बहिनीलाई लिनको लागि काठमाडौंबाट वैशाख २८ गते हेटौडाको बाटो हुँदै सर्लाही गएका थिए । आउने क्रममा संक्रमित युवकले आफू र बहिनीलाई बीचमा राखेर लिएका थिए ।
दुई रात बसेर पुन वैशाख ३० गते राति नै काठमाडौं आईपुगेका थिए । उनीहरु सवै काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १२ बसी एक काठ कारखानामा काम गर्छन् । उनीहरु आएको थाहा पाए लगत्तै स्थानीयको सहयोगमा नगरपालिका स्वास्थ्य शाखाले परीक्षणको लागि दवाव दिएपछि वैशाख ३१ गते परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
६ जनाको परीक्षण गरिएकोमा युवकको मात्र रिपोर्ट पोजेटिज आएको, एक जनाको रिपोर्ट आउन बाँकी र अन्यको नेगेटिभ रहेको बुढानिल नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुमार दाहालले बताए । उनको अनुसार उनको सम्पर्कमा थप तीन जनाको परिक्षण गर्न वाँकी छ । जस अनुसार उनकी ३३ वर्षीय आमा, १० वर्षीय बहिनी र ८ वर्षीय भाई सुमन ठाकुरको बाँकी छ । उनीहरु तीनै जनाको नमूना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए । युवकको पिता भने युवकसित सम्पर्क हुनु अघि नै आठ दिन अघि जडीवुटी गइसकेका थिए ।
युवकमा कोरोना पोजिटिभ रहेको थाहा पाएपछि आइतबार नै कन्ट्रयाक्ट ट्रेसिङ गरी सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्ने काम भएको उनले बताए । कन्ट्रयाक्ट ट्रेसिङ गरी सर्लाहीको स्थानीय निकायलाई समेत खवर गरिसकेको बुढानिलकठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । युवक सर्लाहीको वौरहवा वडा नम्वर – १२ घर भइ कपनमै बस्दै आएका र लकडाउन सुरु हुनु अघि गएका थिए ।
प्रकाशित: ४ जेष्ठ २०७७ १५:०० आइतबार