समाज

प्रदेश १ मा थपिए संक्रमित, कूल ३९ पुगे

 प्रदेश १ मा कोभिड १९ संक्रमितको संख्या फेरि थपिएको छ। आइतबार ३ जना संक्रमित थपिएको प्रदेश सरकारले जनाएको छ। बैशाख५ गते उदयपुरमा १३ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएयता प्रदेशमाकूल संक्रमितको संख्या ३९ पुगेको छ। हालसम्म १७ जना उपचारपछि घरफर्किसकेका छन्। 

मुख्यमन्त्री कार्यालयका अनुसार आइतबार थपिएकासंक्रमितहरु धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकोपरीक्षणका क्रममा फेला परेका हुन्।  धनकुटाकी  ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा संक्रमण देखिएको हो।
 

 

 

प्रकाशित: ४ जेष्ठ २०७७ १४:१४ आइतबार

कोभिड १९