समाज

ट्याक्टरबाट खस्दा युवकको मृत्यु

भानु नगरपालिका–१ अधेरीखोलामा गुडिरहेको ट्याक्टरबाट खस्दा युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–१ भन्सारका १८ बर्षिय नविन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  

डुम्रे बेशिसहर सडकखण्ड अन्र्तगत भन्सारबाट पुर्कोट तर्फ जाँदै गरेको ग१त ५५०२ नंम्बरको ट्याक्टरमा सवार युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए ।

सोही ट्याक्टरमा काम गर्ने युवक लडेर घाईते भएपछि डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी लामिछानेले बताए । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको समेत उनले जानकारी दिए ।  

प्रकाशित: ३ जेष्ठ २०७७ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App