समाज

थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ७३ पुग्यो

नेपालमा थप ६ जनाकोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिवार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका-१२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी-१८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा  कोरोना संक्रमण भएको हो। 

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: ३ जेष्ठ २०७७ ०४:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App