समाज

दुई कर्मचारी सहित चार जना क्वारेन्टाइनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई कर्मचारी सहित चार जनालाई क्वारेन्टाइनमा राखेको छ । उदयपुरबाट आएका नगरपालिकामै कार्यरत दुई कर्मचारीलाई दुर्छिमस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा र झापाबाट आएका दुई स्थानीयलाई महादेवस्थानस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको हो । कर्मचारी सहित चार जनालाई बिहिबारदेखि १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए ।  

कोरोना भाइरसबाट संक्रमित क्षेत्रबाट आएका हुनाले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरू बुधबार नगरपालिका आएपुगेका थिए । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा हाल ९ जना छन् । हालसम्म क्वारेन्टाइनबाट ३४ जना घर फर्किसकेका छन् । 

प्रकाशित: १ जेष्ठ २०७७ १८:०७ बिहीबार

क्वारेन्टिन लकडाउन काेराेना सङ्कट