समाज

रौतहटबाट गोरखा आएका ४ जना क्वारेन्टाइनमा

गोरखा - रौतहटको इट्टाभट्टामा काम गर्दै आएका चार जना मजदुर बिहीबार गोरखा भित्रिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । निर्माण सामग्री ढुवानी गर्ने गाडीमा गोरखा आएका नगरपालिका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको नगरप्रमुख राजनराज पन्तले बताए ।  

उनीहरु गोनपा १० मनकामना बहिरा बहुउद्देश्यीय माविमा नगरपालिका निर्माण गरेको क्वरेन्टाइनमा रहेका छन् । ‘खान बस्न, सुरक्षा र स्वास्थ्य चेकजाँचको ब्यवस्था पनि हामीले गरेका छौँ’ नगरप्रमुख पन्तले भने । दुई जना स्वास्थ्यकर्मी पनि खटाइएको छ । उनीहरुको सुरक्षाका लागि क्वारेन्टाइनमा राखिएको उनले बताए । लामो समय लकडाउन भएको र काम नभएपछि उनीहरु घर आएको बताउँछन् ।  

लुकेर आएका उनीहरुलाई जनप्रतिनिधि र प्रहरीको सहयोगमा क्वारेन्टाइनमा राखिएको हो । कम्तीमा दुई साता क्वारेन्टाइनमा राखिने नगरपालिकाले जनाएको छ ।  

बिहीबारदेखि गोरखा जिल्ला भित्र निर्माण सामग्री, खाद्यान्न ढुवानी बन्द गरिएको छ भने बित्तिय संस्था पनि बन्द छ । मुख्य नाका मझुवामा नेपाली सेना खटाइएको छ । पाँच गतेसम्म गोरखा ‘सिल’ गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बिहिवार पैदल हिँड्नेहरुलाई पनि प्रहरीले घर बाहिर ननिस्कन अनुरोध गर्दै फर्काएको थियो ।

 

प्रकाशित: १ जेष्ठ २०७७ १५:३५ बिहीबार

कोभिड १९ कोरोनाभाइरस