समाज

संक्रमितको संख्या बढेसँगै उपचारमा समस्या, तयारी सुस्त

प्रदेश नं. ५ मा अहिले सम्म ९३ जना संक्रमित देखिएका छन्

प्रदेश नं. ५ मा संक्रमितको संख्या बढ्दै छ । अहिले सम्म ९३ जना संक्रमित देखिएका हुन् ।  एक जना निको भएर घर गएका छन् । ९२ जना मध्ये ८२ जनालाई अस्पताल ल्याइएपनि बेड अभावमा १० जना संक्रमितलाई अहिले सम्म अस्पताल ल्याइएको छैन् ।  

संक्रमित मध्ये बाँकेका २५ र बर्दियाकी एक बालिकालाइ बाँकेकै आइसोलेटेड अस्पताल शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ । रुपन्देही कपिलवस्तु र नवलपरासीका ६७ जना संक्रमित छन् । ती मध्ये बुटवलको धागो कारखानामा बनाइएको आइसोलेटेड अस्पाल  र भैरहवाको भिम अस्पतलमा अहिले सम्म ५७ जनालाइ राखिएको छ । बुटवलको कोरोना अस्पताल ५० बेडको भनिएपछि ३६ बेड मात्रै छन् । जहाँ कपिलवस्तु र रुपन्देहीका संक्रमित राखिएका छन् । बाँकी १९ जना भैरहवाको आइसोलेटेडट भिम अस्पतालमा छन् ।  भिम अस्पतालमा  ३० बेड भनेर प्रचार गरीएपनि २२ वटा बेड रहेको अस्पतलाका सुचना अधिकारी गोपाल उपाध्यायले बनाए ।  

बिहिबार सम्म अस्पताल ल्याउनु पर्ने संक्रमित १० जना छन । तर भिममा अव जम्मा तीन बेड खाली छन् । बाँकी ७ जनाको कसरी व्यवस्थापन गर्ने अन्यौल देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेको आइसोलेटेड अस्पतालमा २६ जना संक्रमित छन । सो अस्पताल ४० बेडको भनिएपनि अस्पतालका केही डाक्टर नर्सहरू पनि सोही अस्पतालमै बसेकाले थप बिरामी राख्ने अवस्था नरहेको अस्पताल प्रशासनले जनाएको छ ।  

अहिले सम्म भेटिएका संक्रमितकै उपचारमाा समस्या देखिरहेका बेला पिसीआर रिर्पोट आउन बाँकी रहेकाबाट फेरी संक्रमित थपिए भने के गर्ने भन्ने बिषय झनै जटिल बनेको छ । सुरुमै सम्भाव्य जोखीमको आंकलन गरे दीर्घकालिन सोच सहितको रणनीतिक योजना नबनाउदा संक्रमितको संख्या सय नकट्दै कोभिड १९ का बिरामीको उपचारमा समस्या देखिएको सामाजिक विकास मन्त्रालयका एक जना स्वास्थ्य अधिकारीले बताए । प्रदेशमा जम्मा ४ हजार १२० जनाको स्वाब संकलन गरीको छ । त्यसमध्ये जम्मा ३ हजार ४७१ को रिर्पोट आएको छ । बाँकी ६ सय ४९ वटा नमुनाको परीक्षण हुन बाँकी छ । रुपन्देही र कपिलवस्तुमा कन्ट्याक्ट ट्रेसिङ गरिदैछ । टेष्ट बढदै जाँदा संक्रमितको संख्या बढन सक्ने चिकित्सकहरूले बताएका छन् ।  

बुटवल र भैरहवामा बेड थप्ने, नेपालगञ्जको आर्मी अस्पतालाइ आइसोलेटेड बनाइने

प्रदेश नं. ५ मा  आइसोलेटेड  अस्पताल ४ वटा छन । तीनमा २ सय ३० बेड छन । २६ बेड आइसीयु र १२ वटा भेन्टिलेटर छन । बुटवलको धागो कारखानाको  कोरोना विशेष अस्पताल, भैरहवाको भिम अस्पताल, दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पताल कोरोना उपचारकालागि बनाइएका आइसोलेटेड अस्पताल हुन । यी मध्ये तीन वटा अस्पताल भरीएका छन । 

दाङको बेलझुण्डिको आइसोलेटेड अस्पतालमा कोरोनाका संकास्पद बिरामीमात्रै राखिएको छ । कपिलवस्तु पुर्वका  ६  संक्रमितलाई बुटवल भैरहवामा र दाङ पश्चिमका संक्रमितको उपचार दाङ र बाँकेमा गर्ने योजना अनुरुप प्रदेश सरकारले ४ वटा अस्पताल कारोनाकालागि आइसोलेटेड बनाएको हो ।  

संक्रमितको संख्या बढ्न थालेपछि  तीनमा बेड थप्ने तयारी गरीएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुटवलमा डेढ  सय बेड र भैरहवामा २० बेड थपीने बताए । ‘आइसोलेसन बेड बढाउनु पर्ने छ । धागो कारखानालाइ २ सय र भैरहवाको भिम अस्पताललाइ ५० बेडमा बिस्तार गर्दैछौ’ मन्त्री बरालले भने । आइसीयु र भेन्टिलेटर तत्कालागि प्रयाप्त रहेको उनले बताए ।  प्रदेश सरकारले गत महिना नै बाँकेका आर्मी र प्रहरी अस्पतालाइ कारोना विशेष अस्पताल बनाउने भनेको थियो । तर अहिले सम्म कार्यान्वयन भएको छैन ।  

मन्त्री बरालले आर्मी अस्पतालका बिरामी अन्यत्र सिफ्ट गर्नु पर्ने भएकाले केही ढिलाइ भएको बताए । ‘अव केही दिनमा आर्मीको अस्पताल पनि कोरोनाकालागि आइसोलेटेड बन्नेछ’ मन्त्री बरालले भने । सो अस्पताल ५० बेडको हो । त्यसबाहेक बुटवल र नेपलगञ्जका नीजि अस्पतालहरूलाइ पनि आइसोलेटेड अस्पताल बनाउने तयारी अनुरुप अस्पताल संचालकहरूसंग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।  

नीजि क्षेत्रको जनशक्ति हायर गरीने

मन्त्री बरालले तत्कालािग जनशक्ति अभाव नदेखएिको बताए । आइसोलेटेड अस्पालमा चिकित्सक नर्स सहित साढे २ सय बढी जनशक्ति कोभिड १९ का बिरामीको उपचारकालागि खटिएका छन । अहिले सम्म भेटिएका बिरामी बिना लक्षणका छन । उनीहहरूलाइ सर्पोटिङ मेडिसीन अवश्यक परेको छैन र आइसीयु भेन्टिलेटरमा राख्नुपर्ने अबस्था पनि नरहेकाले जनशक्तिका समस्या नदेखिएको मन्त्री बरालको भनाइ छ । संक्रमितको सख्या थपिए निजी अस्पताल तथा मेडिकल कलेजको जनशक्ति तत्काल हायर गरेर काममा लगाउने कार्ययोजना बनीसकेको पनि मन्त्रीले बताए  ।  

उपचारमा १३ करोड

कोभिड १९ को उपचारकालागि प्रदेश सरकारले अहिले सम्म १०करोड बजेट निकासा गरेको छ । ३ करोड रकम नीजि क्षेत्रबाट सहयोग स्वरुप संकलन भएको छ ।  हाल सम्म १३ करोड बजेट कोभिड १९ कालागि आइसोलेसन अस्पताल निर्माण, तीनको व्यवस्थापन तथा संक्रमितको उपचारमा लगाइएको मन्त्रालयले जनाएको छ । बजेटको समस्या नरहेको र बजेट अभाव हुन नदिने प्रदेश सरकारले बचन दिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ  ।  

परीक्षण सुस्त जोखीम बढदो

प्रदेशमा भारतबाट आएकाबाटै संक्रमण भित्रिएको हो  । पहिलो पटक प्रदेशमा रुपन्देहीका २५ बर्षे युवक र बाँकेका ६०बर्षे बुद्धमा कोरोना पोजेटिभ देखिएको थियो । ती दुवै जना केही समय अघि भारतबाट आएका थिए । त्यसयता भेटिएका संक्रमित मध्ये ६२ जना भारतबाट आएका हुन । यो प्रदेशमा  भारतबाट आएका तथा कोरोनाको जोखीममा रहेका डेढ लाख बढी परिक्षण बाहिरै रहेको अनुमान स्वास्थ्यका अधिकारीहरू तथा डब्लुएचओका प्रतिनिधिहरूले गरेका छन । तर अहिले सम्म प्रदेशमा जम्मा ४ हजार १२० जनाको स्वाब संकलन गरीको छ ।

 ३ हजार ४७१ को रिर्पोट आएको छ । हिजो आज पनि भारतका कोरोना फैलीएका शहरबाट फकर्नेहरूको सख्या बढदो छ । केन्द्र सरकारले सिमामा कडाइ गर्ने भनेपनि स्थानीय जनप्रतिनिधि र प्रशसनले सिमामा अलपत्र परेकालाइ वारी ल्याइरहेका छन । पछिल्लो तीन दिनमा मात्रै प्रदेशका सिमावर्ती ६ जिल्लाबाट साढे ४ हजार नेपाली वारी आएका छन । तर त्यसरी ल्याइएकाको तत्कालै परिक्षण गर्न  किट नभएकाले सम्भव नभएको प्रदेशको जनस्वाास्थ्य प्रयोगशालाका निर्देशक डा राजेन्द्र गिरीले बताए ।

क्वारेन्टिनमा झनै बिजोग

पछिल्लो पन्ध्र दिनमा भारतका बिभिन्न शहरबाट निस्केका नेपालीहरू धमाधम सिमामा थुप्रिन थाले । कोही लुकेरै वारी आए भने अधिकतरलाइ यहाँका जनप्रतिनिधिहरूले वारी ल्याए । तर तीनको व्यवस्थापनकालागि तीनै जनप्रतिनिधिले क्वारेन्टिनको क्षमता बिस्तार गरेनन । जसका कारण अहिले रुपन्देहीको सिमावर्ती  पालिकाहरूले स्कुलमा अव्यवस्थित रुपमै भारतबाट फर्केकालाइ राखेका छन । 

स्कुलका बेच्च जोडेर खटिया बनाइएको छ । प्रति व्यक्ति १७६ रुपैँया खर्च दिएर घरबाटै खाना ल्याउनु पर्ने नियम बनाइएको सम्मरीमाइ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सिप्रसाद माझीले बताए । त्यसरी स्कुलहरूमा अव्यवस्थित रुपमै राखिएकाहरूबाट तीनका आफन्त  समुदायलाइ समेत जोखीमा पारीरहेका छन । क्वारेन्टिन व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भएको र त्यसकालागि प्रदेश सरकारले समेत यसअघि नै बजेट उपलब्ध गराएको प्रदेश सरकारका प्रबक्ता मन्त्री बैजनाथ चौधरीले बताए । 

प्रकाशित: १ जेष्ठ २०७७ ११:२९ बिहीबार

प्रदेश ५ लकडाउन काेराेना नियन्त्रण